पोखरामा सुरु भयो भ्रष्टाचार विरुद्ध हस्ताक्षर अभियान
पाेखरा | साउन १०, २०८०
पोखरा: भ्रष्टाचारविरुद्ध सरकारको अभियानमा समर्थन लागि सत्तारुद दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले पोखरामा वृहत नागरिक हस्ताक्षर अभियान सुरु गरेको छ ।
अनेरास्ववियू (क्रान्तिकारी)ले पोखराको लखनचोकमा आज (बुधबार)देखि वृहत नागरिक हस्ताक्षर अभियान सुरु गरेको हो ।
अनेरास्ववियू (क्रान्तिकारी) कास्कीका सचिव सुमन सुवेदी (लेनिन)ले पोखराको विभिनन क्याम्पस र चोकचोकमा भ्रष्टाचार विरुद्ध सरकारको अभियानमा समर्थनका लागि वृहत नागरिक हस्ताक्षर अभियान सुरु गरेको बताए ।
वृहत हस्ताक्षर अभियान कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सचिव विजय सापकोटाले भ्रष्टाचारको विषयमा कुनै पनि राजनीतिक दलका नेताहरु मुछिएको भए कारवाहीको दायरामा ल्याउन आग्रह गरे ।
‘भ्रष्टाचार र तस्करको विषयमा कुनैपनि राजनीतिक दलका नेताहरु मुछिए खुट्टा नकमाएर सरकारले कारवाही गर्नुपर्छ’, उनले भने, ‘नेपाली जनताहरु सुशासनको पक्षमा सरकारलाई हातमा हात मिलाएर साथ दिन तयार छौं ।
भ्रष्टाचारविरुद्ध सरकारको अभियानमा समर्थन लागि अनेरास्ववियू (क्रान्तिकारी) कास्कीले १० दिनसम्म हस्ताक्षर अभियान संचालन गर्ने जनाएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

